वचत तथा निक्षेप कार्यक्रम :
“निक्षेप” भन्नाले संस्थाका सदस्यहरुद्वारा संस्थाको नियम अनुसार फिर्ता पाउने गरी जम्मा गरिएको रकमलाई सम्झनु पर्ने छ ।
निक्षेप सम्बन्धी व्यवस्था :
क) शेयर सदस्यबाट मात्र निक्षेप संकलन गरिनेछ ।
ख) निक्षेप रकम तोकिएको समय भित्र जम्मा गर्नुपर्नेछ ।
ग) प्राप्त निक्षेपलाई दैनिक/मासिक मौज्दातमा ब्याज गणना गरि त्रैमासिक रुपमा पूँजीकरण गरिनेछ ।
शेयर सदस्य बन्ने प्रकृया:
सदस्यताको लागि योग्यता :
– नेपाली नागरिक ।
– १६ वर्ष उमेर पुगेको ।
– चाल चलन राम्रो भएको ।
– संस्थाको कार्यक्षेत्र भित्र बसोबास गरी, संस्थाकोे सेवा उपयोग गर्न स्वीकार गर्ने व्यक्ति ।
– प्रचलित कानूनले अयोग्य नठहरिएको व्यक्ति ।
– आफ्नो क्षमता अनुसार नियमित वचत गर्ने व्यक्ति ।
– दामासाहिमा नपरेको व्यक्ति ।
– विनियम तथा नीतिमा तोकिएको शुल्क तिर्न इच्छुक संस्था तथा व्यक्तिहरु ।
– संचालक समितिले तोकेको अन्य शर्तहरु पालना गर्न इच्छुक व्यक्ति ।
निक्षेप खाता खोल्नका लागि आवश्यक कागजातहरु :
क) नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
ख) शेयर प्रमाणपत्रको प्रतिलिपि (सदस्य बनाएको हुनुपर्ने)
ग) वचत खाता खोल्ने फारम भर्नुपर्नेछ । ( खाताको प्रकार अनुसार)
घ) नावालकको नाममा खाता खोल्न चाहेमा ः
– जन्मदर्ता सम्वन्धित ( अस्पताल वा स्थानिय पन्जिकाधिकारीको )प्रमाण पत्रको प्रतिलिपी ।
– संरक्षक (अभिभावक) को नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
– अभिभावकको शेयर सदस्य प्रमाण पत्रको प्रतिलिपी ।
ङ) संघ संस्थाको हकमा ः (गैर नाफामुलक संघ संस्थासंग मात्र कारोबार हुने)
– संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
– संस्थाको निर्णय प्रतिलिपी ।
– अख्तियारी पत्र (हस्ताक्षर नमूना सहितको )
– खाता संचालकको नागरिकताको प्रतिलिपि र १÷१ प्रति फोटो ।
– संस्थाको आधिकारीक छाप ।
च) संस्थाको न्यूनतम दश (१०) कित्ता शेयर खरिद गरेको हुनुपर्नेछ ।
( सुरुमा १ कित्ता खरिद गराएको भए सो आ.व. भित्रमा १० कित्ता पुर्याउन लगाउने)
निक्षेपको प्रकार :
संस्थाबाट हाल सदस्य माझ प्रस्तुत गरिएको निक्षेपहरु यस प्रकार रहेका छन् ः
१) दैनिक वचत (न्यून बचत)
२) साधारण वचत
३) सदस्य नियमित वचत
४) क्रमिक वचत
५) नवोदय सदस्य वचत
६) वाल शिक्षा वचत
७) जेष्ठ नागरिक वचत
८) महिला जागरण वचत
९) कर्मचारी वचत
१०) कर्जा वचत
११) आवधिक वचत
१२) पेन्सन वचत
१३) बीमा वचत
१४) धरौटी वचत
१५) उच्च शिक्षा वचत
१६) गहना वचत
१७) पर्व वचत
१८) विद्युत्त तथा संचार वचत
१९) रेमिटान्स वचत
२०) खुत्रुके वचत
२१) शेयर वृद्धि वचत
२२) बाल वालिका वचत
२३) उपकारकोष वचत
२४) भ्रमण तथा तिर्थ वचत
२५) सम्मुन्नती वचत
२६) व्यक्तिगत वचत
२७) केन्द्र्रकोष वचत
२८) अक्षयकोष वचत
२९) सवारीसाधन वचत
३०) समुह बचत
३१) शेयर बोनस
१) दैनिक वचत (न्यून बचत) :
२) साधारण वचत :
३) सदस्य नियमित वचत :
४) क्रमिक वचत :
संस्थाका सदस्यले निश्चित अवधि सम्मका लागि लगातार एकै प्रकारको रकम जम्मा गर्ने वचत लाई क्रमिक वचत भनिनेछ ।
१ वर्षे क्रमिक वचत योजना :
२ वर्षे क्रमिक वचत योजना :
३६ महिने क्रमिक वचत योजना :
४८ क्रमिक वचत योजना :
६० महिने क्रमिक वचत योजना :
अन्य व्यवस्था माथि उल्लेख गरे अनुसार हुनेछ ।
५) नवोदय सदस्य वचत :
विशेषता :
६) बाल शिक्षा वचत :
सदस्यका नाबालक छोरा छोरीहरुलाई सानै देखि वचत गर्ने बानीको विकास गराई भविष्यमा उनीहरुको शैक्षिक तथा वृत्तिविकासको गतिविधीलाई सहयोग पु¥याउने हेतुले सुरु गरिएको वचतलाई बाल शिक्षा वचत भनिनेछ ।
७) जेष्ठ नागरिक वचत :
विशेषता :
८) महिला जागरण वचत :
आर्थिक रुपले महिला सदस्यहरुलाई सवल, सक्षम र समृद्ध बनाउने उद्देश्यले यो खाता संचालन गरिएको छ ।
विषेशताहरुः
– निःशुल्क खाता खोल्न सकिने ।
– महिला सदस्यहरुले मात्र वचत गर्न सक्ने ।
– मासिक मौज्दातमा त्रैमासिक (असोज, पुस, चैत्र र असार मसान्तमा) गणना गरि ब्याज प्रदान गर्ने ।
– आकर्षक ब्याजदरको व्यवस्था ।
– जुनसुकै समयमा जतिसुकै रकम राख्न र झिक्न सकिने ।
– न्यूनतम रु.१,०००।– राखेर अरु सबै रकम झिक्न सकिने ।
९) कर्जा वचत :
कर्जा कारोबार गर्न सदस्यहरुले कर्जा लिदाको समयमा कर्जा रकमको २% रकम वचत गरिने खातालाई कर्जा वचत भनिनेछ ।
– यो वचत कर्जा लिने सदस्यसँग मात्र गरिनेछ ।
– कर्जा भुक्तान भएपछि फिर्ता गरिनेछ ।
– कर्जाको अन्तिम किस्तामा कर्जा भुक्तान गर्न मिलान गर्न पनि सकिनेछ ।
– यस प्रकारको कर्जाको त्रैमासिक (असोज, पुस, चैत्र र असार मसान्तमा) मा व्याज गणना गरिनेछ ।
१०) आवधिक वचत :
कुनै निश्चित रकम एकमुष्ठ रुपमा निश्चित अवधि तोकेर राखिने वचत खातालाई आवधिक वचत खाता भनिनेछ ।
– यो खातामा न्यूनतम २५,०००।– बाट खोल्न सकिने ।
– यस प्रकारको खाताको अवधि ६ महिनादेखि ३ वर्ष सम्म रहने ।
– ब्याजदर संचालक समितिले तोके बमोजिम हुने ।
– त्रैमासिक (असोज, पुस, चैत्र र असार मसान्तमा) ब्याज गणना गरिने ।
– सम्झौता भएको वखतको ब्याजदर कायम रहने ।
– जम्मा रकमको ८०% सम्म कर्जा लिन सकिने ।
– यस प्रकारको वचतको ब्याजदरमा थप २.५% ब्याज कर्जाको ब्याजमा लाग्ने ।
– संझौता वमोजिमको समयावधी सकिएपछि पुनः नविकरण नगरेमा सो बीच अवधिको ब्याज गणना नहुने ।
– माथि जे सुकै लेखिएको भएतापनि आपत्तकालिन अवस्थामा भुक्तान अवधि अगावै रकम झिक्नु परेमा २०% सम्म फिर्ता लान सक्नेछ ।
११) पेन्सन वचत :
सानो सानो रकम प्रत्येक महिना जम्मा गरि १० वर्ष वा १५ वर्ष पुगेको दोश्रो महिना देखि नियमित मासिक पेन्सन भुक्तानी दिने वचतलाई पेन्सन वचत भनिन्छ ।
सर्त र सुबिधा :
पेन्सन बचत खाता संचालन गरेको १ बर्ष पुगे पछि रु. २,००,०००। को दुर्घटना विमा गरि दिइनेछ तर खाता नियमित हुनु पर्नेछ । खाता नियमित हुन नसकेमा सर्त बमोजिमको सुबिधा प्राप्त हुने छैन । यो खाता संचालनमा आए पछि बन्द गरिने छैन तर उचित कारण सहित निवेदन दिएमा र कार्यालय प्रमुखलाई मनासिव लागेमा खाता संचालन गरेको ३ बर्ष भित्रमा खाता बन्द गर्न चाहेमा १० प्रतिशत कट्टा गरि बाँकी रकम फिर्ता दिइने छ । ३ देखि ५ बर्ष भित्रमा फिर्ता गर्न चाहेमा ५ प्रतिशत कट्टा गरि फिर्ता दिइनेछ । ५ देखि ७ बर्ष भित्रमा फिर्ता लिन चाहेमा साँवा रकम फिर्ता दिइनेछ । ७ देखि १० बर्ष भित्रमा फिर्ता लिएमा १० प्रतिशत बोनस सहित फिर्ता दिइनेछ । १० बर्ष पुरा भए पछि नियमानुसारले पाइनेछ ।
१२) बिमा वचत :
बीमा गर्नका निमित्त आवश्यकक प्रिमियम रकम एकमुष्ठ जम्मा गर्न नसक्ने गरिव तथा आर्थिक रुपमा कमजोर सदस्यलाई सहयोग होस भन्ने उद्देश्यका साथ यो वचत खाता संचालन गरिएको छ ।
– पहिलो वर्षको प्रिमियम सदस्यले भुक्तान गरि सकेपछि दोश्रो वर्ष देखि मासिक रुपमा प्रिमियम वापतको रकम जम्मा गर्न सकिने ।
– आकर्षक ब्याज प्राप्त गर्न सकिने ।
– त्रैमासिक ब्याज गणना गर्ने ।
– वचत रकम बाट बीमा प्रिमियम भुक्तानी गरिने ।
विशेषता :
१३) उच्च शिक्षा वचत :
सदस्यका छोरा–छोरीको नाममा रहेको बाल वचत खाताको रकम वचतकर्ताको छोरा– छोरी १६ वर्ष पुगेपछि शेयर सदस्य बनाई बाँकी वचत रकम उच्च शिक्षा अध्ययनका लागि खोलिने वचत खातामा रुपान्तरण गरि संचालन गरिने खातालाई उच्च शिक्षा वचत खाता भनिनेछ ।
विशेषता :
१४) गहना वचत :
हाम्रा महिला सदस्यहरुको गहना लगाउने उत्कट अभिलाषा पुरा गर्नका लागि यो गहना वचत खाता संचालन गरिएको छ ।
– निःशुल्क खाता खोल्न सकिने ।
– यो खातामा न्यूनतम रु.५००।– नघटाई जतिसुकै र जहिलेपनि वचत गर्न सक्ने छन् ।
– तात्कालिन बजार मूल्यको आधारमा आधा तोला सुन खरिद गर्न सकिने रकम जम्मा भएपछि मात्र फिर्ता लान सकिने ।
– यो वचतमा न्यूनतम मौज्दात रु.१,०००।– राख्नुपर्नेछ ।
– यो वचतलाई अर्को गहना किन्नका निमित्त पुनः वचत गर्न सकिनेछ ।
– चाँदी खरिद गर्नका निमित्त वचत गर्ने सदस्यले २० तोला चाँदीको रकम जम्मा भएपछि मात्र वचत झिक्न सक्नेछन् ।
–गरिव तथा विपन्न महिला सदस्यका लागि रु.२००।– बाट पनि वचत गर्न सकिने ।
१५) पर्व वचत :
हाम्रो समाज बहुल धार्मिक साँस्कृतिक तथा चाडपर्वले परिपूर्ण छ । फरक समूदायमा फरक–फरक चाड पर्वको महत्व रहेको छ । ति चाडपर्वहरु सहजरुपमा मनाउन तथा ऋणको भार नपरोस भन्ने हेतुले प्रारम्भ गरिएको वचतलाई पर्व वचत भनिनेछ ।
वचत गर्न प्रकृयाहरु :
– यो वचतमा मासकि रु.१००।– नघटाई बढीमा जतिसुकै रकम वचत गर्न सक्नेछन् ।
– न्यूनतम मौज्दात रु.१,०००।– हुनुपर्नेछ ।
– ब्याजदर संचालक समितिले तोके बमोजिम अकर्षक हुनेछ ।
– यो वचत तोकिएको चाडपर्वको समयमा मात्र झिक्न सक्नेछन् ।
– एक पटक वचत झिकेपछि अर्को पर्वका निमित्त पुनः वचत सुरु गर्न सक्नेछन् ।
विशेषताहरु :
१६) विद्युत्त तथा संचार वचत :
विद्युत्त, टेलिफोन इन्टरटेट तथा डिक्स होम जस्ता सामग्रीका प्रयोगकर्ताले महसुल वेफुसर्दीको करणले समयमा बुझाउन नसकि हर्जना, जरिवाना तथा लाइन काटेने अवस्थालाई अन्त्य गर्दै एकै थलोबाट सवै महसुल बझाउन सकिने गरि स्थापना भएको वचत खातालाई विद्युत्त तथा संचार वचत भनिनेछ ।
प्रकृयाहरु :
विशेषताहरु :
१७) रेमिटान्स वचत :
संस्थाका शेयर सदस्य वा सदस्यका आफन्तहरुले स्वदेश तथा विदेशबाट रेमिट्यान्स मार्फत पठाएको पैसा वचत गर्नका निमित्त थालनी गरिएको वचत योजनालाई रेमिट्यान्स वचत खाता भनिनेछ ।
– रेमिट्यान्स आएको वखत वा अघिनै रु.१,०००।– जम्मा गरि खाता खोल्नुपर्ने ।
– निःशुल्क खाता खोलिनेछ ।
– न्यूनतम मौज्दात रु.१,०००।– हुनुपर्नेछ ।
– ब्याजदर संचालक समितिले तोकेवमोजिम हुने छ ।
– यो वचत खातामा जहिले पनि र जतिसुकै पनि रकम राख्न र झिक्न सकिनेछ ।
– यो वचत खाताबाट मासिक रुपमा कर्जाको साँवा तथा ब्याज तिर्न सकिनेछ ।
विशेषता :
१८) खुत्रुके वचत :
गाउँ घर, विद्यालय तथा गाउँका दोकानहरुमा संस्थाको दैनिक संकलक वा बजार प्रतिनिधी पुग्न नसक्ने साथै वचतकर्ता सदस्य समेत संस्थामा स्वयं आई वचत गर्न असमर्थ सदस्यका लागि मासिक रुपमा वचत जम्मा गर्ने प्रयोजनका लागि खोलिने खातालाई खुत्रुके वचत भनिनेछ ।
– निःशुल्क खाता खोलिनेछ ।
– सदस्य वा उनीहरुका छोरा छोरीबाट समेत रकम जम्मा गर्न सकिनेछ ।
– यस्तो वचत गर्न चाहने सदस्यलाई खुत्रुके निःशुल्क उपलब्ध गराइनेछ ।
– यो खाता खोल्दा न्यूनतम रु.५००।– जम्मा गर्नुपर्नेछ ।
– ब्याजदर संचालक समितिले तोके बमोजिम हनेछ ।
– खुत्रुके वचतको रकम महिनामा २ पटक संकलन गरिनेछ ।
– यो वचत खातामा न्यूनतम मासकि रु.२००।– जम्मा गर्नुपर्नेछ ।
– ३ वर्ष पूरा गरेपश्चात यसमा जम्मा भएको रकम फिर्ता गरिनेछ ।
– यो वचत खाताका संचालकले वचत गर्न छोडेमा खुत्रुके वापतको रकम कट्टा गरि नगद भुक्तानी दिइनेछ ।
१९) शेयर वृद्धि वचत :
एकै पटक ठूलो संंख्यामा शेयर कित्ता लिन नसक्ने सदस्यहरुलाई मध्यनजर गर्दै आत्म सम्मान एवमं आर्थिक समृद्धीमा टेवा पु¥याउने उद्देश्यले थालनी गरिएको वचत कार्यक्रमलाई शेयर वृद्धि वचत खाता भनिनेछ ।
– यस प्रकारको वचत खातामा न्यूनतम मासिक रु.२००।– र अधिकतम जतिसुकैै पनि वचत गर्न सकिनेछ । तर श्रमिक विपन्न तथा गरिव वचतकर्ताले रु.१००।– बाट पनि खाता संचालन गर्न सक्नेछन् ।
– यो वचत खातामा रु.१,०००।– न्यूनतम मौज्दात हुनुपर्नेछ ।
– ब्याजदर संचालक समितिले तोके बमोजिम हुनेछ ।
– यो वचतको अवधि कम्तीमा १ वर्षको हुनेछ ।
– यो वचत खाता बन्द गर्दा रु.१००।– खाताबन्दी शुल्क लाग्नेछ ।
विशेषताहरु :
२०) बाल–बालिका वचत :
सदस्यका नावालक छोरा वा छोरी लाई जन्मे देखिनै वचत गर्ने बानिको विकास गराई भविष्यमा उनीहरुको शैक्षिक तथा वृत्तिविकासका गतिविधी संचालनका लागि संस्थाले सुरु गरिदिएको वचतलाई बाल–बालिका वचत खाता भनिनेछ । यो वचत खाता सदस्य सुत्केरी भेटघाट कार्यक्रम सँगै प्रारम्भ हुनेछ ।
– वालिका जन्मेको अवस्थामा संस्थाले रु.१०००।– को र वालक जन्मेको अवस्थामा रु.५००।– को वचत खाता खोलि संचालन गरि दिईनेछ ।
– सदस्य सुत्केरी भएको जानकारी तुरुन्त संस्थालाई जानकारी गराउनु पर्नेछ ।
– अस्पतालको जन्म प्रमाण पत्र वा गा.पा. वा. न.पा. को जन्म दर्ता पेश गर्नुपर्नेछ ।
– आमाका २ वटा सन्तानसम्मलाई मात्र यो व्यवस्था कायम रहेनछ ।
– यो सेवा प्राप्त सदस्यले वाल–वालिका वचतलाई निरन्तरता दिन अनिवार्य छ ।
– यो वचत वाल वालिका १६ वर्ष पुगे पछि मात्र फिर्ता लिन वा शेयर सदस्य वन्न सक्ने छन् ।
– अभिभावकले ५ वर्ष पछि वचतको ५०% रकम कर्जा लिन सक्नेछन् ।
विशेषताहरु :
२१) उपकार कोष वचत :
सदस्यहरुले आफ्नो समूह÷केन्द्र सुव्यवस्थित रुपमा संचालन तथा सदस्यहरुको समस्यामा राहत प्रदान गर्ने हेतुले खडा गरिएको वचत लाई उपकार कोष वचत भनिनेछ ।
– निःशुल्क खाता खोल्ने सुविधा ।
– केन्द्र÷समूह सदस्यहरुले स्वेच्छिक रुममा जम्मा गर्ने
– नियमित रुपमा मासिक वचत गर्ने ।
विशेषताहरु :
२२) भ्रमण तथा तिर्थाटन वचत :
दैनिक जिवनमा मानिस अतिनै व्यस्त छन । उनीहरुको व्यस्तताका कारण आफू सँग पर्याप्त समय र रकम हुदाहुदै पनि भ्रमणको व्यवस्थापन गर्न नसक्ने भएको अवस्थालाई मध्यनजर गर्दै सदस्यहरुको मन र मष्तिष्कलाई पुनरताजगी गर्न भ्रमण गराउने उद्देश्यले ल्याइएको वचत योजनालाई भ्रमण तथा तिर्थाटन वचत मानिनेछ ।
– यो खाता निःशुल्क खोल्न सकिनेछ ।
– रु.५००।– बाट खाता खोल्न सकिनेछ र जुनसुकै समय र जतिसुकै रकम जम्मा गर्न सकिनेछ ।
– यस प्रकारको खाता रहेका सदस्यले भ्रमण तथा तिर्थाटनमा जान प्राथमिकता प्राप्त गर्नेछन् ।
– न्यूनतम मौज्दात रु.१,०००।– राखेर मात्र बाँकी रकम निकाल्न पाउने छन् ।
– यो रकम वर्षमा एकपटक संस्थाले आयोजना गरेको भ्रमण तथा तिर्थाटनमा झिक्न पाउने छन् ।
– मासिक वचत कम्तीमा रु.५००।– हुनुपर्नेछ ।
विशेषता :
२३) समुन्नती वचत :
भविश्यमा गरिने ठुला योजना संचालन गर्न अहिले देखिनै सानो–सानो रकम वचत गरि सुनिश्चित रहन गरिने यस प्रकारको वचत योजनालाई सम्मुन्नती वचत भनिनेछ ।
प्रकृयाहरु :
– यो खाता निःशुल्क खोल्न सकिने ।
– रु.१०००।– बाट माथि जतिसुकै रकम जुनसुकै समयमा राख्न सकिने ।
– तोकिएको समय पश्चात मात्र रकम निकाल्न सकिनेछ ।
– आकर्षक ब्याज उपलब्ध गराइनेछ ।
– ब्याजदर संचालक समितिले तोके वमोजिम हुने ।
– ब्याज गणना मासिक मौज्दातको आधारमा गणना गरिने ।
विशेषताहरु :
२४) व्यक्तिगत वचत :
लघुवित्त कार्यक्रम अन्र्तगतका सदस्यहरुले आफ्नो क्षमता अनुसार जम्मा गरी भविष्यको गर्जो टार्न स्थापना गरिएको वचत योजनालाई व्यक्तिगत वचत खाता भनिनेछ ।
प्रकृयाहरु :
– निःशुल्क खाता खोल्न सकिनेछ ।
– न्यूनतम रु.४०।– बाट खाता प्रारम्भ गर्न सकिने ।
– अन्तिम मौज्दात रु.५००।– राखि बाँकी रकम झिक्न सकिनेछ ।
– जुनसुकै समय र जतिसुकै रकम जम्मा गर्न र झिक्न सकिनेछ ।
– ब्याजदर त्रैमासिक (असोज, पुस, चैत्र र असार मसान्तमा) रुपमा गणना गरिनेछ ।
विशेषता :
निःशुल्क खाताा खोल्न सकिने
थोरै–थोरै रकम जम्मा गरी जुनसुकै समयमा झिक्न सकिने
केन्द्र बैठकमानै जम्मा गर्न सकिने
खाता बन्द गर्दा रकम नलाग्ने ।
२५) अक्षयकोष वचत :
कुनै पनि संघ संस्था वा व्यक्तिले आफ्नो आफन्तको स्मृति वा समाजमा उत्कृष्ट कार्य गर्ने व्यक्तिहरुलाई सम्मान विद्यालय, पुरस्कार, छात्रवृत्ति, कुनै मठ मन्दिर, संस्थान लाई चलाउने उद्देश्यले एकमुष्ट रकम जम्मा गर्ने र सो बाट प्राप्त भएको ब्याजले उपरोक्त कार्य गर्नेे उद्देश्यले संचालन गरिने वचत खातालाई अक्षयकोष वचत खाता मानिनेछ ।
प्रकृया :
– जुन सुकै संघ संस्थाले यस प्रकारको खाता निःशुल्क खोल्न सक्नेछन ।
– न्यूनतम रु.५०००।– बाट यस प्रकारको खाता संचालन गर्न सक्ने छन् ।
– रु.५,०००।– को अंंक नघटाई थप गर्दै लैजान सकिनेछ ।
– अक्षयकोष खाता खोल्ने सदस्यले अर्को साधारण वचत खाता खोल्नुपर्नेछ ।
– यस खातामा प्राप्त ब्याज त्रैमासिक रुपमा गणना गरि साधारण वचत खातामा जम्मा गरिनेछ ।
– यस प्रकारको खातामा संस्थाले तोके बमोजिम ब्याज उपलब्ध गराउने छ ।
विशेषताहरु :
२६) सवारी साधन वचत :
समयको माग सँगै कार्यव्यस्थता, आवश्यकता एवम सदस्यको जिवन स्तरमा वृद्धि भएको हुँदा उनीहरुको सवारी साधन प्रयोग गर्ने चाहनालाई परिपूर्ण गर्ने उद्देश्यले प्रारम्भ गरिएको वचत योजनालाई सवारी साधन वचत भनिनेछ ।
प्रकृया :
– खाता निःशुल्क खोल्न सकिनेछ
– न्यूनतम रु.५,०००।– बाट खोल्न सकिनेछ ।
– मासिक न्यूनतम रु.५००।– देखि माथि जतिसुकै जम्मा गर्न सकिनेछ ।
– न्यूनतम मौज्दात रु.१,०००।– हुनुपर्नेछ ।
– ब्याजदर संचालक समितिले तोके बमोजिम हुनेछ ।
– यो वचतको अवधि ५ वर्ष वा सवारी साधन खरिद गर्ने समय सम्म रहनेछ ।
विशेषतहरु :
२७) समूह वचत :
लघुवित्त कार्यक्रममा आवद्ध सदस्यहरले केन्द्र बेठकको दिन अनिवार्य गरिने बचतलाई समुह बचत भनिनेछ ।
प्रकृयाहरु :
– निःशुल्क खाता खोल्ने सुविधा ।
– केन्द्र÷समूह सदस्यहरुले केन्द्र बैठकको दिन अनिवार्य रुममा जम्मा गर्ने
– नियमित रुपमा पाक्षीक वा मासिक वचत गर्ने ।
– मासिक न्युनतम रु.२००। मात्र बचत गर्दा हुने ।
विशेषताहरु :
२८) कर्मचारी वचत :
संघ संस्था, राष्ट्रसेवक निजामति कर्मचारीहरुले आफ्नो कमाईबाट भविष्यका लागि केहि रकम संचिति गराउने उद्देश्यले यो खाता संचालनमा ल्याइएको हो ।
विषेशताः
– निःशुल्क खाता संचालन गर्न सकिने ।
– आफ्नै कार्यालय(संस्था) का कर्मचारीहरुले समेत यो खाता संचालन गर्न सक्ने ।
– अन्य गैरसरकारी संघ संस्था तथा राष्ट्रसेवक निजामति कर्मचारीहरुले समेत यो खाता संचालन गर्न सक्ने ।
– यस प्रकारको खाता खोल्न कार्यरत कार्यालयको परिचय पत्रको प्रतिलिपी पेश गर्नुपर्ने छ ।
– न्यूनतम मौज्दात रु.२,०००।– राखि अरु जुनसुकै समयमा राख्न झिक्न सकिनेछ ।
– मासिक मौज्दातमा त्रैमासिक (असोज, पुस, चैत्र र असार मसान्तमा) ब्याज गणना गरिनेछ ।
– ब्याज तोकिए बमोजिम हुनेछ ।
– यस प्रकारको खाता बन्द गर्नुपर्ने भएमा खाता बन्दी शुल्क रु.१००।– लाग्नेछ ।
– यस प्रकारको वचत संस्थामा आई वचत गर्न सकिने ।
२९) धरौटी वचत :
विभिन्न शिर्षकको रुपमा तथा कर्मचारी धरौटीको रुपमा जम्मा गरिएको रकमलाई धरौटी वचत भनिन्छ ।
– धरौटीको रुपमा रहेको नगद जम्मा रकमको ब्याज भुक्तानी दिइन्छ ।
– धरौटी रकम फिर्ता नहुन्जेल सम्म त्रैमासिक ब्याज गणना गरिन्छ ।
– स्थिर सम्पत्ति धितो राख्न नसक्ने कर्मचारी वा व्यवसायिहरुका लागि नगद धरौटी खाताको व्यवथा गरिएको छ ।
विशेषता :
३०) केन्द्रकोष वचत :
लघुवित्त कार्यक्रम अन्र्तगतका समूहका सदस्यले साधारण कर्जा लिएको अवस्थामा जम्मा गरिने वचत लाई केन्द्रकोष वचत मानिनेछ ।
प्रकृया :
– निःशुल्क खाता खोल्न सकिने
– साधारण कर्जा लिदा जम्मा गर्नुपर्ने ।
– यस प्रकारको वचत ५ वर्ष पछि मात्र झिक्न सकिने छ ।
– त्रैमासिक ( आश्विन, पौष, चैत्र र आषाढ ) व्याज गणना गरिने ।
विशेषता :
३१) शेयर वोनस वचत :
विशेषता :