वैशाख ०४ २०८३, शुक्रबार
023 475186

नि:शुल्क दन्त शिविर सञ्चालन हुँदै।


नवोदय बहुउद्देश्यीय सहकारी संस्था लि. ले यही भदौ २५ गते मंगलबार नुनसरी सामुदायिक वनको सभा हलमा नि:शुल्क दन्त शिविर सञ्चालन गर्ने भएको छ।

  • स्थानीय बासिन्दाको दन्त स्वास्थ्यमा सुधार गर्ने उद्देश्यले आयोजना गरिएको यो शिविरमा आमा डेन्टल केयर प्रा.लि.दमक ६ बाट अनुभवी दन्त चिकित्सकहरूको टोलीले दाँतसम्बन्धी विभिन्न समस्या जाँच गरी आवश्यक परामर्श र उपचार प्रदान गर्नेछ।
  • सहकारी संस्थाले सबै स्थानीय बासिन्दालाई यस अवसरको फाइदा उठाउन र शिविरमा उपस्थित भएर आफ्नो दन्त स्वास्थ्यको जाँच गराउन सादर निमन्त्रणा गरेको छ।शिविरले समुदायमा दन्त स्वास्थ्यप्रतिको जागरुकता बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

शिविरमा उपलब्ध हुने सेवाहरू:-

१) नि:शुल्क दन्त परीक्षण।
२) आवश्यकता अनुसारका नि:शुल्क औषधि वितरण।
३) दन्त शिबिरमा दन्त परीक्षण गराउनु हुनेलाई ३ दिन सम्म डिजिटल एक्स-रेमा ५०% छुट।
४) शिविर स्थलमा खोल्न मिल्ने दाँत नि:शुल्क दाँत खोल्ने।
५) दन्त शिबिरमा दन्त परीक्षण गराउनु हुनेलाई सबै किसिमका दन्त उपचारमा ५% देखि ३०% छुट।
६) ६० वर्ष भन्दा माथिका ज्येष्ठ अभिभावकहरूलाई नि: शुल्क टुथपेस्ट र टुथब्रस उपहार।


मिति : २०८१ भदौ २५ मंगलबार
समय: विहान ९ बजे देखि

Published at: Sept. 9, 2024, 4:31 a.m.