वैशाख ०४ २०८३, शुक्रबार
023 475186

२६औं वार्षिक साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरियो।


नवोदय बहुउद्देश्यीय सहकारी संस्था लि. को २६ औं वार्षिक साधारणसभामा पेश गर्नका लागी तयार गरिएको वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको छ ।


कमल गाउँपालिका ३ स्थित मुख्य कार्यालयमा आज बिहान एक कार्यक्रम बिच प्रतिवेदन सार्वजनिक गरिएको हो ।संस्थाका वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष बलराम गजुरेल र लेखा सुपरीवेक्षण समितिका संयोजक कुबेर धन अधिकारीले संयुक्त रुपमा प्रतिवेदन सार्वजनिक गर्नुभएको हो ।

सार्वजनिक गरिएको प्रतिवेदनमा संस्थाले आर्थिक वर्ष २०८०/०८१ को शेयर पुँजी जम्मा १२ करोड ३८ लाख ५ हजार रुपैयाँ , बचत ४३ करोड ५६ लाख ७० हजार ५४० रुपैयाँ, कर्जा लगानी ८१ करोड ७७ लाख १८ हजार १२८ रुपैयाँ , बिभिन्न कोषमा १३ करोड २३ लाख २० हजार ३७२ रुपैयाँ, कुल खर्च ११ करोड २३ लाख ३३ हजार ९६९ रुपैयाँ भई खुद आम्दानी १ करोड ६६ लाख ६९ हजार ५८५ रुपैयाँ नाफा भएको कार्यवाहक अध्यक्ष बलराम गजुरेलले बताउनु भयो ।

२०८१ साल कात्तिक २ गते बाट ईकाईगत साधारण सभा सुरु गरी कात्तिक १२ गते सोमवार मुख्य कार्यालय केर्खामा अन्तिम साधारण सभा ( माईन्युट प्रमाणीकरण ) गरिने छ । यसकालागी असोज १४ गते देखी २२ गते सम्म सबै सेवा केन्द्रमा प्रतिवेदन वितरण गरिने संस्थाका व्यवस्थापक रविन सुब्बाले जानकारी दिनुभयो ।


Published at: Sept. 18, 2024, 9 a.m.