कमल गाउँपालिका ३ स्थित नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना र स्वावलम्बन विकास केन्द्र (सिएसडी) को सहजीकरणमा तिन दिवसीय उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ ।संस्थाले सञ्चालक समिति, लेखा समिति तथा सेवा केन्द्र सञ्चालक उपसमितिका संयोजक र सेवा केन्द्र प्रमुखलाई लक्षित गरेर तालिम सञ्चालन गरेको थियौ । तालिममा सहभागी लाई सिएसडीका निर्देशक सतिश श्रेष्ठ, बरिष्ठ अधिकृत रेणु प्रजापति र सरू मगर साथै सहारा साकोसबाट नविन लामिछानेले सहजीकरण गर्नु भयो । तिन दिन सम्म सञ्चालन भएको तालिम हिजो (मंगलवार) सम्पन्न भयो । संस्थाका अध्यक्ष शरण कुमार पराजुलीको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन कार्यक्रमको सञ्चालन वरिष्ठ उपाध्यक्ष बलराम गजुरेलले गर्नु भएको थियो ।
Published at: Aug. 14, 2024, 3:32 a.m.
02 Apr, 2026
02 Apr, 2026
29 Dec, 2025
19 Dec, 2025
25 Nov, 2025
14 Nov, 2025