आदरणीय शेयर सदस्य महानुभावहरु तथा संस्थालाई नजिक वाट नियालि रहनु भएका शुभचिन्तक, सहकारी अभियानकर्मी महानुभावहरुमा सहकारी न्यानो अभिवादन ।
यहाँहरुको अमूल्य सुझावले संस्थाको उन्नति प्रगतिमा अहम भुमिका खेल्ने विश्वासका साथ हामि अघि वढिरहेका छौ।संस्थाको स्थापनाकाल देखीनै आर्थिक रुपमा पछाडी परिरहेका वैकिङ्ग पहुँचवाट टाढा रहेका वर्ग, लिङ्ग, समुदाय र क्षेत्रलाई समेट्दै रजत वर्ष पार गरि सकेका छौ। यसै सन्दर्भमा आगामी ५ वर्षे व्यवसायिक रणनितिक योजना निर्माण गर्दै २०८५ सम्मको लक्ष्य निर्धारण गरि सेवा विस्तार गरिरहेका छौ ।
आजको युग विज्ञान र प्रविधिको युग भएको हुदा संस्था सञ्चालनका क्रममा उच्चतम प्रविधि मोवाइल वैकिङ्ग, एस.एम.एस.,ट्यावलेट वैकिङ्ग, क्यू आर कोड,विमिन्न सामाजिक संजाल, वेभ साइट द्वरा सदस्यहरुमाझ सेवा पुर्याइ रहेका छौ । आशा एवम् विश्वास छ सम्पूर्ण सदस्य ज्यू हरुले संस्था द्वरा दिईएको प्रविधिलाई गहण गरी भरपुर सेवा लिनु हुने छ । धन्यवाद, जय सहकारी ।
शरण कुमार पराजुली
अध्यक्ष