नवोदय बहुउद्देश्यीय सहकारी संस्था लि. २०५५ साल असार १६ गते स्थापित समूदायमा आधारित गुणस्तरिय सेवा प्रदायक सक्षम सहकारीको रुपमा परिचित संस्था हो । परिवर्तनशिल समयको क्रमसंगै यसको विकासक्रममा विभिन्न आरोह अवरोह र पृष्ठभूमी विच २६ औं वषन्त पारगरि लामो अनुभव संगालेको पुरानो संस्था हो । यो संस्थाले आधुनिक प्रविधिको अधिकतम प्रयोग र अभ्यास सगै संस्थालाई दिगोपना र आत्मनिर्भर बनाई शिक्षा, स्वास्थ्य, तथा वातावरण संरक्षणमा जोड गर्दै सामाजिक क्रियाकलापमा विशेष योगदान सहित सदस्यहरुलाई गुणस्तरिय सेवा प्रदान गर्नेमा विश्वस्थ बनाउन चाहन्छ । सदस्यहरुलाई व्यवसायिक बनाउन जोड गर्दै उद्यमशिलता विकास क्षेत्रहरुमा समाबेस गर्न प्रयत्न गारिनेछ । संस्थालाई नीति, नियम, प्रक्रिया, विधि कार्यविधि अनुसार शुसासित र मर्यादित बनाउनमा जोड गरिनेछ । संस्थाका विभिन्न किसिमका कार्यक्रमहरुले सदस्यहरुको आर्थिक जीवनस्तरलाई व्यापक रुपमा सुधार गर्दै अनुभूति हुने गरिको सदस्यहरु वीच सदस्यकेन्द्रित सेवाप्रवाहको कार्यक्रम विस्तार गरिदैं लगिनेछ ।
रविन सुव्वा
प्रमुख कार्यकारी अधिकृत